अबको दुई दिन धेरै पानी पर्ने, सतर्कता अपनाउन आग्रह

नौलो समाचार संवाददाता
२०७८ आश्विन ६, बुधबार मा प्रकाशित ४६७ पटक पढिएको
अबको दुई दिन धेरै पानी पर्ने, सतर्कता अपनाउन आग्रह

असोज ६, काठमाडौं। देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ। वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। आज दिउँसाे यी प्रदेशसँगै प्रदेश १ मा पनि पानी पर्ने मौसमविद् समीर श्रेष्ठले बताउनुभयो।

राति भने गण्डकी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने छ। यी ठाउँमा मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आज र भोलि दिउँसाेको समयमा भन्दा रातको समयमा धेरै पानी पर्ने सम्भावना छ। सामान्यतया मनसुनको समयमा राति धेरै वर्षा हुने गरेको मौसमविद् बताउँछन्।

यस्तै, राति केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने अनुमान पनि छ। भोलि पनि मौसम यस्तै हुने मौसमविद्ले बताएका छन्। प्रदेश १, गण्डकी, वाग्मती,,कर्णाली, सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा हुने भएकाले बाढी पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा पहिरो तथा गग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सावधानि अपनाउन आग्रह गरिएको छ।

अहिले नेपालमा भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ।


प्रतिक्रिया दिनुहोस