थपिए १२ सय ३९ संक्रमित, १३ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ आश्विन ७, बिहिबार मा प्रकाशित ३८७ पटक पढिएको
थपिए १२ सय ३९ संक्रमित, १३ जनाको मृत्यु

असोज ७, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १२ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्।

१५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १३ सय २४ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै, थप १३ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ।

यस्तै काठमाडौं उपत्यकामा ४०४ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २४५, ललितपुरमा १०७ र भक्तपुरमा ५२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर २० हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन्।


प्रतिक्रिया दिनुहोस