त्रिशुलीमा कार खस्यो, ३ जना बेपत्ता, एक घाइते

नौलो समाचार संवाददाता
२०७८ आश्विन ८, शुक्रबार मा प्रकाशित ५१३ पटक पढिएको
त्रिशुलीमा कार खस्यो, ३ जना बेपत्ता, एक घाइते

असोज ८, काठमाडौं। काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनको मुग्लिङ नजिकै त्रिशुली नदीमा खसेको छ। कार दुर्घटना हुँदा ३ जना बेपत्ता भएको चितवनका एसपी ओम अधिकारीले बताउनुभयो।

गएराति ग २ च ४९१८ नम्बरको कार इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङभन्दा अढाई किलोमिटर अगाडी काठमाडौं तर्फबाट त्रिशुलीमा खसेको हो।

कार चालक पोखरा मानगरपालिका-१७ घर भएका ५५ वर्षीय प्रेम बहादुर भुजेल, पोखराका लेख बहादुर भुजेल र उनकी पत्नी ईश्वरी भुजेल बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको एसपी अधिकारीले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस