पनौती नगर सभापतिमा रामशरण भण्डारीको उम्मेदबारी

नौलो समाचार संवाददाता
२०७८ आश्विन ८, शुक्रबार मा प्रकाशित ६८७ पटक पढिएको
पनौती नगर सभापतिमा रामशरण भण्डारीको उम्मेदबारी

असोज ८, काभ्रे। नेपाली काँग्रेसको १४ औं महाधिबेशनको सरगर्मी काभ्रेमा जारी छ। जिल्लाभर वडा अधिवेसन सकिए लगत्तै अब नगर अधिवेशनको चटारो सुरु भएको छ।

भोलि ९ गतेबाट सुरु हुने नगर अधिवेशनमा पनौती नगर सभापतिमा पदमा रामशरण भण्डारीले उम्मेदबारी घोषणा गर्नुभएको छ। नेताको नभई जनताको छोरा सामान्य नागरिक भण्डारीले सबैको साथ र सहयोगले आफ्नो नेतृत्वमा सबैलाई समेट्दै संगठनमा सुद्रिधिकारण र आमुल परिवर्तनको लहर ल्याउने बताउनुभएको छ।

उहाँले आफ्नो काम र संगठनप्रति इमान्दारीताको कदर क्षेत्रीय प्रतिनिधी बनेर आउनु भएका नेता साथीहरुले सहयोग गरेर  व्यबहारमा देखाउनुहुने अपेक्षा राख्नुभएको छ। भण्डारीको पक्षमा कांग्रेस मात्र नभई एमाले, माओवादी केन्द्र तथा नेकपा एसका कार्यकर्ताले पनि  समर्थन गरिरहेका छन्।

जनताको पिरमर्कामा जहिले पनि अग्रपक्तिमा रहेर काम गरिरहेका पनौतीका भण्डारी जनताले रोजेको नेता हुन्।


प्रतिक्रिया दिनुहोस