काभ्रेमा आज १ जना संक्रमित थपिदा, ८ जना निको भए

नौलो समाचार संवाददाता
२०७८ आश्विन ९, शनिबार मा प्रकाशित ३५९ पटक पढिएको
काभ्रेमा आज १ जना संक्रमित थपिदा, ८ जना निको भए

असोज ९, काभ्रे। काभ्रेमा आज १ जना कोरोना संक्रमित थपिएका छन्। आजै जिल्लाभर ८ जना संक्रमित उपचार पछी निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ९५ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका १ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ५३८ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेको विभिन्न पालिकामा गरी ३ हजार ७५६ जनाले भेरोसेलाको दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ७६ हजार ४३० जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस