काभ्रेमा कांग्रेसको पालिका अधिवेशन: १० पालिकाको परिणाम आयो, एकमा स्थगित

दुई नगरको परिणाम आउदै
नौलो समाचार संवाददाता
२०७८ आश्विन ९, शनिबार मा प्रकाशित १७२२ पटक पढिएको

काभ्रेमा कांग्रेसको पालिका अधिवेशन: १० पालिकाको परिणाम आयो, एकमा स्थगित

असोज ९, काभ्रे। नेपाली कांग्रेसको पालिका अधिवेसन काभ्रेमा जारी छ। काभ्रेको १३ वटै स्थानीय तह मध्ये धेरै स्थानको मतपरिणाम सार्वजनिक भैसकेको छ। केहि स्थानको भने मतपरिणाम प्राप्त हुन बाकीं रहेको छ।

पनौतीमा रामशरण भण्डारी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ। रामशरण भण्डारीको प्यानल नै सर्वसम्मतिमा निर्वाचित भएको हो। उपसभापती पुरुषोत्तम कर्माचार्य र श्रीराम थापा, सचिव नारायण प्रसाद सापकोटा र तिर्थराज सापकोटा, सहसचिव सुरेन्द्र बन्जारा र बिनोद लामा निर्विरोध निर्वाचित हुनुभएको छ।

यस्तै, पाँचखालमा सञ्जय तामाङ, रोशी गाउँपालिकामा दूधराज लामा, नमोबुद्ध नगरपालिकामा कुन्साङ लामा, भुम्लु गाउँपालिकामा दावा लामा, चौरीदेउराली गाउँपालिकामा शेरबहादुर तामाङ,  बेथानचोक गाउँपालिकामा प्रेम बहादुर तिमल्सिना, खानीखोला गाउँपालिकामा दोर्जेमान जिम्बा निर्विरोध निर्वाचित हुनुभएको हो ।

तेमाल गाउँपालिकामा कांग्रेसको सभापतिमा ज्ञान बहादुर तामाङ अत्यधिक बहुमतका साथ विजयी हुनुभएको छ। निर्वाचनमा ज्ञान बहादुर तामाङको टिम नै अत्यधिक बहुमतले बिजयी हुनुभएको हो। यस्तै, मण्डनदेउपुर नगरपालिकामा कस्यप पौडेल बहुमतले बिजयी हुनुभएको छ।

यस्तै, अब बनेपा नगरपालिका, धुलिखेल नगरपालिकाको परिणाम आउन बाकि रहेको छ।

महाभारत गाउँपालिकाको अधिवेशन भने अर्को सुचना जारी नभएसम्मको लागि स्थगित भएको छ।






प्रतिक्रिया दिनुहोस