असोज १०, काभ्रे। नेपाली कांग्रेस काभ्रेको पालिका अधिवेशन शौहार्दपूर्ण बाताबरणमा सम्पन्न भएको छ। बनेपा नगरपालिका र धुलिखेल नगरपालिकाको मत परिणाम आए संगै पालिका अधिवेशन सकिएको हो। जिल्लाका ८ वटा पालिकामा निर्विरोध सभापति चयन भएका छन्।
जिल्लाको लगभग सबै स्थानमा निवर्तमान जिल्ला सभापति शिव प्रसाद हुमागाई प्यानलका उमेद्वारहरु बिजयी भएका छन्। यस्तै बर्तमान सभापति मधु आचार्य प्यानलका उम्मेदवार ३ पालिकामा बिजयी भएको खबर छ।
महाभारत गाउँपालिकाको अधिवेशन भने अर्को सुचना जारी नभएसम्मको लागि स्थगित जनाईएको छ।
बनेपा र धुलिखेलको मतगणना गएराती ढिलो गरी सुरु भएको थियो।
कांग्रेस धुलिखेल नगर सभापतिमा बहुमतले मतले बिदुर बस्नेत बिजयी हुनुभएको छ। साथै उप-सभापतिमा बिष्णु तिमल्सिना र पुण्यवति घले, सचिवमा सुरज श्रेष्ठ र सम्पूर्ण काजि थापा साथै सह-सचिवमा महेश र सर्मिला लामा बिजयी हुनुभएको छ।
यस्तै बनेपामा महेश कर्माचार्य सभापतिमा निर्वाचित हुनुभएको छ। शान्तिरत्न शाक्यलाई १ मत अन्तरले पराजित गर्दै कर्माचार्य बनेपा नगर सहबापतिमा निर्वाचित हुनुभएको हो।
यसअघि, पनौतीमा रामशरण भण्डारी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ। यस्तै, पाँचखालमा सञ्जय तामाङ, रोशी गाउँपालिकामा दूधराज लामा, नमोबुद्ध नगरपालिकामा कुन्साङ लामा, भुम्लु गाउँपालिकामा दावा लामा, चौरीदेउराली गाउँपालिकामा शेरबहादुर तामाङ, बेथानचोक गाउँपालिकामा प्रेम बहादुर तिमल्सिना, खानीखोला गाउँपालिकामा दोर्जेमान जिम्बा निर्विरोध निर्वाचित हुनुभएको हो ।
तेमाल गाउँपालिकामा कांग्रेसको सभापतिमा ज्ञान बहादुर तामाङ अत्यधिक बहुमतका साथ विजयी हुनुभएको छ। निर्वाचनमा ज्ञान बहादुर तामाङको टिम नै अत्यधिक बहुमतले बिजयी हुनुभएको हो। यस्तै, मण्डनदेउपुर नगरपालिकामा कस्यप पौडेल बहुमतले बिजयी हुनुभएको छ।
प्रतिक्रिया दिनुहोस