काभ्रेको २७ सडक आयोजना खारेज भए, स्थानीय तहमा हस्तान्तरण गर्ने योजना

नौलो समाचार संवाददाता
२०७८ आश्विन १२, मंगलबार मा प्रकाशित ११०४ पटक पढिएको
काभ्रेको २७ सडक आयोजना खारेज भए, स्थानीय तहमा हस्तान्तरण गर्ने योजना

असोज १२, काभ्रे। काभ्रेका २७ सडक आयोजना सरकारले खारेज गरेको छ। अघिल्लो सरकारले अघि बढाएका १ हजार ४०० सडक आयोजना वर्तमान सरकारले खारेज गरेको हो। जस अन्तर्गत काभ्रेका २७ सडक आयोजना खारेज भएका छन्। प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता आयोजनाको कार्यान्वयन स्थगित गरिएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा संशोधित बजेट पेस गर्दै शर्माले आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १४०० सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारेज गर्नुभएको हो। समृद्ध नेपाल निर्माणको आधारको रूपमा रहेको सडक निर्माणलाई योजनावद्ध रूपमा कार्यान्वयन गर्न सडक सञ्जालको नक्साङ्कन तयार गरी संघ, प्रदेश र स्थानीय तहको प्रष्ट क्षेत्राधिकार तोकी सडक निर्माण गर्ने नीति लिइने उहाँले बताउनुभएको छ।

सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत खारेजीमा पर्ने काभ्रेका सडकमा नगरकोट–गैरिबिसौना–नगरकोट सडक, बोहोरेदोभान–ठूलोपर्सेल–माम्ती सडक, बनखु–घर्तिछाप–गोकुले–तालढुङ्गा–मिल्चे सडक, बाहोरेदोभान–खहरेखोला– गोठपानी कात्तिके देउराली–मादनकुँडारी सडक, नगरकोट–गैरिबिसौना– हिगुवापाटी सडक, बोहेरेदोभान– ठूलोपर्सेल–माम्ती सडक, भकुण्डेबेंसी अमरनिबास सडक, पाँचखाल– पलाञ्चोक–भगवती सडक, पनौती– नमोबुद्ध सडक, ढाँडखर्क भञ्ज्याङ– देउराली मादनकुँडारी सडक, बनेपा–रविओपी–पाँचखाल सडक, काभे्र–नमोबुद्ध–काँक्रे सडक, नगरकोट–गैरिबिसौना–ढाँडखोला सडक, भक्तपुर–नगरकोट–देउपुर–हिंगुवापाटी–काभे्र सडक रहेका छन् ।

यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत आरुबोट–कुँडारी– मादन–कात्तिकेदेउराली– जिरोकिलो (स्तरोन्नतीसहित कालोपत्रे) सडक, भकुण्डेबेंसी–आरुटार (नमोबुद्ध नपा–३ मा)कल्भर्ट निर्माण, झिकुखोला करिडोर (सडक)निर्माण, पचुवाघाट सरमथलीहुँदै तेमाल गाउँपालिकाको पोखरीनारायणस्थान जोड्ने सडक, गेल्डुङ–गोल्माकोट सडक स्तरोन्नती, मल्पी भुँमेडाँडा–जोरघट्ट नयाँगाउँ सडक, धुलिखेल देवीस्थान सडक, हिगुवापाटी–मनसादेवी–कुन्ताबेंसी सडक, झिकुखोला करिडोर (दोस्रो खण्ड) सडक, पलाञ्चोक भगवती–डाँडागाउँ विमिरे सडक, खोपासी–ढुंखर्क–मिल्चे बोराङ–फापरबारीहुँदै हेटौडा (स्तरोन्नती)सडक, भकुण्डेबेंसी–कानपुर तिमाल मेच्छे सडक, धुलिखेल अस्पताल सडक, भोर्लेटार–काभे्र सडक, हिगुवापाटी–मनसादेवी–कुन्ताबेंसी (खण्ड) सडक, चालिसे –दारिमबोट रोशीलगायत सडक प्रतिस्थापन विधयेकमार्फत कटौती गरिएको हो ।


प्रतिक्रिया दिनुहोस