काभ्रेमा सक्रिय संक्रमित घटे, ६ वटा पालिका कोरोना संक्रमण मुक्त

नौलो समाचार संवाददाता
२०७८ आश्विन १२, मंगलबार मा प्रकाशित ७१७ पटक पढिएको
काभ्रेमा सक्रिय संक्रमित घटे, ६ वटा पालिका कोरोना संक्रमण मुक्त

असोज १२, काभ्रे। काभ्रेमा संक्रमितको संख्या दिनप्रतिदिन घटिरहेको छ। हिजो सोमबार काभ्रेमा सक्रिय संक्रमितको संख्या ८५ रहेको थियो भने आज घटेर ७४ अंकमा झरेको छ।

काभ्रेका ६ वटा पालिका कोरोना संक्रमण मुक्त रहेको स्वास्थ्य कार्यालय काभ्रेको तथ्यांकले देखाएको छ। जिल्लाको नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर, चौरीदेउराली गाउँपालिका, रोशी, तेमाल, खानीखोला गाउँपालिकामा संक्रमितको संख्या शुन्य रहेको छ। यस्तै अन्य पालिकामा पनि संक्रमितको संख्या घट्दो क्रममा रहेको छ।

आज कति ?

आज काभ्रेमा ११ जना कोरोना संक्रमित थपिएका छन्। आजै जिल्लाभर २२ जना संक्रमित उपचार पछी निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा ७४ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ९ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा २ जना, धुलिखेलमा ५, पाँचखालमा १, भुम्लुमा १ जना तथा  एन्टीजेन परिक्षणबाट बेथानचोकमा २ जना संक्रमित थपिएका छन्।

यसैगरी काभ्रेमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या १४ हजार ५७० पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेको विभिन्न पालिकामा गरी २ हजार ११५ जनाले भेरोसेलाको दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ९३ हजार २९२ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस