नेपाली काँग्रेस पनौती नगर समितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

नौलो समाचार संवाददाता
२०७८ आश्विन १५, शुक्रबार मा प्रकाशित १०७३ पटक पढिएको
नेपाली काँग्रेस पनौती नगर समितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

असोज १५, काभ्रे। नेपाली काँग्रेस पनौती नगर कार्यसमितिमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रममा सम्पन्न भएको छ। असोज ९ गते भएको पनौती नगर समितिको अधिवेशनले पुनः रामशरण भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत गरेको थियो।

कार्यक्रममा बोल्नुहुँदै नेपाली केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले तत्कालै स्थानीय तहको निर्वाचन आएकोले फुर्सद गरेर बस्ने अवस्था नरहेको बताउनुभयो। नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाई, शुभकामना दिदै केन्द्रीय सदस्य हुमागाईले नेपाली काँग्रेस नगर समितिमा निर्वाचित कार्यसमितिलाई स्थानीय निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिनुभएको छ। उहाँले पार्टीका सबै साथीहरुलाई समेटर अगाडि बढ्न निर्वाचित समितिलाई अनुरोध गर्नुभएको थियो।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता तीर्थ पसखल, जिल्ला सचिव दिनेश लामा, पनौती नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट उपमेयरकी उम्मेदवार अन्जु रन्जित, नेपाल शिक्षक संघका अध्यक्ष एवम् पनौती नगरका निर्वतमान सचिव राजेशराज महत, नवनिर्वाचित सचिव नारायण सापकोटा, वडा न ९ का सभापति भरत रावल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नगर सभापति भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव विदुर बन्जरा, सहसचिव ईश्वरी ओझा, जिल्ला सदस्य रविन्द्र सिग्देल, साधुराम सापकोटा, नवनिर्वाचित क्षेत्रिय प्रतिनिधि, वडा सभापति लगायतको उपस्थिती रहेको थियो।

नेपाली काँग्रेस पनौती नगर समितिमा ६७ सदस्य कार्यसमिति निर्वाचित भएको छ । सभापतिले निर्वाचित कार्यसमितिबाट कोषध्यक्ष र १२ जना कार्यसमिति सदस्य मनोनित गर्न पाउने व्यवस्था रहेको छ।


प्रतिक्रिया दिनुहोस