कोरोना विरुद्धकाे खोप लगाउनेको संख्या १ करोड ४० लाख नाघ्यो

नौलो समाचार संवाददाता
२०७८ आश्विन १६, शनिबार मा प्रकाशित ७४५ पटक पढिएको

कोरोना विरुद्धकाे खोप लगाउनेको संख्या १ करोड ४० लाख नाघ्यो

असोज १६, काठमाडौं। नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या १ करोड ४० लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा ८३ हजार ३७३ मात्रा खोप लगाएसँगै कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या १ करोड ४० लाख ४२ हजार ८८८ जना पुगेको हो। उनीहरुमध्ये ६३ लाख ४८ हजार २७९ जनाले पूर्ण मात्रा र ७६ लाख ९४ हजार ६०९ जनाले एक मात्रा खोप लगाएका छन्।

यसैबीच पछिल्लो २४ घण्टामा ८ सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी ८ हजार २१९ जनाको नमुना परीक्षण गर्दा ८६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ९६ हजार ६ सय १८ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१ हजार ९२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

थप १ हजार १२३ जना निको भएसँगै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ७ लाख ६७ हजार ८१९ जना पुगेको छ। थप ९ जना सहित कोरोना भाइरसको सङ्क्रमणको कारण अहिलेसम्म ११ हजार १५७ जनाले ज्यान गुमाएका छन्। अहिले १७ हजार ६४२ जना सक्रिय सङ्क्रमित रहेकामा ३५० जनाको आईसीयू र ११२ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ।


प्रतिक्रिया दिनुहोस