चण्डेनीमण्डनमा स्वास्थ्य चौकीको नयाँ भवन बन्ने

नौलो समाचार संवाददाता
२०७८ आश्विन १९, मंगलबार मा प्रकाशित ८४७ पटक पढिएको

चण्डेनीमण्डनमा स्वास्थ्य चौकीको नयाँ भवन बन्ने

असोज १९, काभ्रे। मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर-१० मा बन्न लागेको चण्डेनीमण्डन स्वास्थ्य चौकीको नयाँ भवनको शिलान्यास गरिएको छ। आज स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुभएको हो।

शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले नागरिकको स्वास्थ्यलाई मध्यनजरलाई सरकारले चैतभित्र देशभरका सबै नागरिकलाई कोरोना संक्रमण विरूद्धको खोप लगाउने तयारी गरेको बताउनुभयो।

भारत सरकारको आर्थिक अनुदान सहयोगमा २ करोड, ८२ लाख, ६५ हजार, १२१ रूपैयाँ लागतमा उक्त स्वास्थ्य चौकी भवननिर्माण हुन लागेको हो।






प्रतिक्रिया दिनुहोस