न्यादी हाइड्रोपावरको आईपीओमा २३ लाख ५७ हजार बढीले दिए आवेदन

नौलो समाचार संवाददाता
२०७८ आश्विन १९, मंगलबार मा प्रकाशित ८४३ पटक पढिएको

न्यादी हाइड्रोपावरको आईपीओमा २३ लाख ५७ हजार बढीले दिए आवेदन

असोज १९, काठमाडौं। न्यादी हाइड्रोपावर कम्पनीको आईपीओमा अन्तिम दिन २३ लाख ५७ हजार १६६ जनाले आवेदन दिएका छन्।

कम्पनीको आईपीओमा २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५९ कित्ताका लागि आवेदन परेको हो।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरले २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको हो।

जसमा १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष ४५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ।

२० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन्। यो आइपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस