पनौतीलाई विश्वसामु चिनाउन हाते पुस्तिका सार्वजनिक, यी हुन् पनौतीमा घुम्नै पर्ने ठाउँ 

नौलो समाचार संवाददाता
२०७८ आश्विन २१, बिहिबार मा प्रकाशित ९३० पटक पढिएको
पनौतीलाई विश्वसामु चिनाउन हाते पुस्तिका सार्वजनिक, यी हुन् पनौतीमा घुम्नै पर्ने ठाउँ 

असोज २१, काभ्रे। पनौतीलाई विश्वसामु चिनाउन हाते पुस्तक सार्वजनिक गरिएको छ।

पनौती नगरपालिकाले तयार पारेको ‘घुम्नै पर्ने पनौती’ नामक हाते पुस्तिका पर्यटन बोर्डको हलमा विमोचन बुधबार गरिएको हो। नगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेका विभिन्न घुम्नै पर्ने स्थान र गर्न पाउने गतिविधिहरु सार्वजनिक गर्दै पनौती नगरपालिकामा पर्यटनको प्रवल सम्भावना भएको बताएको छ ।

पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संविधान सभाका सदस्य रामहरी सुबेदीको प्रमुख आतिथ्यता, पनौती नगरपालिकाका उपप्रमुख गीता बन्जारा, पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद वाग्ले, पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल पर्यटन विभागका निर्देशक पर्यटन सम्बन्धि काम गर्ने विभिन्न संघ सस्थाका अध्यक्ष एबम प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

पर्यटन बोर्डका पदाधिकारी, पर्यटनसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधी, संचारकर्मी तथा पनौतीका कर्मचारीको उपस्थितीमा हाते पुस्तिका पर्यटन बोर्डको हलमा बिमोचन समारोह कार्यक्रम सम्पन्न भएको हो ।

यी हुन् पनौतीमा घुम्ने पर्ने ठाउहरु 

मनोरम पहाड, खेत तथा हिमश्रृंखलाहरुको दृश्यले आगन्तुकहरुलाई आनन्द प्रदान गर्ने मनोरम स्थानहरु रहेको निस्कर्ष रहेको छ। साहसीक पर्यटनका लागि पनि पनौती उपर्युक्त स्थान रहेको भन्दै नगरपालिकाले पनौतीमा मनोरञ्जनात्मक कार्य गर्नको लागि प्याराग्लाडिङ, रक क्लाइम्बिङ जस्ता खेलहरु रहेको बताएको छ ।

पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेक –लोल्याण्ड ट्रेक), साँगा–पनौती हाएक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फूल्चोकी वरीपरी),बर्ड वाचिङ (चराको दृश्यावलोकन), योग रिट्रट, सामुदायिक र नीजि होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा मेला अवलोकन भ्रमण गर्नेपर्ने गतिविधिहरु हुन् ।

प्रतिक्रिया दिनुहोस