कातिक ४, काभ्रे। दशैं लगत्तै पनौती नगरपालिकाको सबै वडामा भेरोसेलाको पहिलो र दोश्रो मात्रा (डोज) खोप लगाईने भएको छ। आज पनौती नगरपालिकाले जारी गरेको सूचनामा नगर क्षेत्रका १२ वटै वडाका विभिन्न खोप केन्द्रमा भेरोसेलाको पहिलो र दोश्रो मात्रा खोप लगाउन छुटेका १८ वर्ष भन्दा माथिका सबै नगरबासीलाई खोप लगाउन भनिएको छ।
यस्तै भेरोसेलाको पहिलो मात्रा लगाएको २१ दिन पुगेका नागरिकहरुलाई दोश्रो मात्रा लगाउन पनि नगरपालिकाले अनुरोध गरेको छ।
आइतबार बिहान १०: ३० देखि दिउसो ३:३० सम्म खोप केन्द्रमा गई खोप लगाउन सकिने सूचनामा जनाईएको छ।
पनौती नगर क्षेत्रका १२ वटै वडाका विभिन्न खोप केन्द्रमा ७ गते आईतबार देखि ९ गते मंगलबारसम्म खोप कार्यक्रम संचालन हुनेछ।
खोप लगाउन आउदा अनिवार्य मास्क लगाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ।
नगरपालिकाद्वारा जारी सूचना:


प्रतिक्रिया दिनुहोस