जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त धुलिखेलमा पक्राउ

नौलो समाचार संवाददाता
२०७८ कार्तिक ४, बिहिबार मा प्रकाशित ८५८ पटक पढिएको
जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त धुलिखेलमा पक्राउ

कात्तिक ४, काभ्रे। जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रे बेथानचोक गाउँपालिका-४ का ४२ वर्षीय रामहरि महत छन्। काभ्रे प्रहरीले महतलाई बुधबार बेलुका धुलिखेल नगरपालिका-७ बाट पक्राउ गरेको हो।

काभ्रे प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार महतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते जबरजस्ती करणी मुद्दामा दस वर्ष सजाय तोकेको थियो।

महतलाई आज (बिहीबार) जिल्ला अदालत धुलिखेलमा पेश गरिएकोमा अदालतले जेल चलान गरेको खतिवडाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस