बाढी पसेर तीन दिनदेखि बन्द विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा

नौलो समाचार संवाददाता
२०७८ कार्तिक ६, शनिबार मा प्रकाशित ८७७ पटक पढिएको

बाढी पसेर तीन दिनदेखि बन्द विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा

कात्तिक ६, विराटनगर। विमानस्थल बिहानदेखि साँझ ५ बजेसम्म मौसम अनुकूल गर्ने सञ्चालनमा आउन थालेको हो । तत्कालका लागि भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपश्चात आइएफआर उडान हुने जनाइएको छ।

विमानस्थल जलमग्न भएपछि यही कात्तिक ३ गतेदेखि नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो । वर्षाबाट काठमाडौं–विराटनगर उडान प्रभावित भएको थियो । नियमित उडानका सबै एयरलाइन्सले उडान रद्द गरेका थिए ।

स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायतका स्थान डुबानमा परेका थियो ।






प्रतिक्रिया दिनुहोस