फाइजरको १ लाख ६२० डोज खोप काठमाडौं आइपुग्यो, दीर्घरोगीलाई लगाउने तयारी

नौलो समाचार संवाददाता
२०७८ कार्तिक ८, सोमबार मा प्रकाशित ४१० पटक पढिएको
फाइजरको १ लाख ६२० डोज खोप काठमाडौं आइपुग्यो, दीर्घरोगीलाई लगाउने तयारी

कात्तिक ८, काठमाडौं। अमेरिकाबाट बालबालिकालाई लगाउन मिल्ने फाइजरको १ लाख ६२० डोज खोप काठमाण्डाै आइपुगेको छ।

आज बिहान कतार एयरलाइन्सको विमानमार्फत कोभ्याक्स सुविधा अन्तर्गत फाइजरको १ लाख ६२० डोज खोप आइपुगेको हो ।

यो खोप दीर्घरोगीलाई लगाउने तयारी भएको छ । फाइजरको खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाउन अनुमति भए पनि थोरै मात्रामा आएकाले दीर्घरोगीलाई लगाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप डोज आएपछि मात्रै बालबालिकालाई लगाइने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

यसअघि गएको जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो ।


प्रतिक्रिया दिनुहोस