काभ्रेमा एमालेको पालिका अधिवेशनको नजिता धमाधम

नौलो समाचार संवाददाता
२०७८ कार्तिक ९, मंगलबार मा प्रकाशित ९३३ पटक पढिएको
काभ्रेमा एमालेको पालिका अधिवेशनको नजिता धमाधम

कात्तिक ९, काभ्रे। काभ्रेका विभिन्न पालिकामा एमालेको अधिवेशन आजबाट सुरू भएको छ। काभ्रेमा एमालेको आज जारी पालिका अधिवेशनको नजिता आउन थालेका छन्।

पनौती नगर कमिटीको अध्यक्षमा सुरेश हुमागाईं निर्विरोध निर्वाचित हुनुभएको छ।

यस्तै, नेकपा (एमाले) पाँचखाल नगर कमिटी अध्यक्षमा बिष्णुहरि पौडेल सर्वसम्मत चयन हुनुभएको छ। नगर कमिटीको उपाध्यक्षमा भरत सापकोटा, सचिबमा प्रकाश ब्लोन, उपसचिबमा राधाकृष्ण श्रेष्ठ र नवीन लामा निर्वाचित हुनुभएको छ।

यस्तै, धुलिखेल नगर कमिटीको अध्यक्षमा दयाराम महत निर्वाचित हुनुभएको छ।

उता, चौरीदेराली गाउँपालिकामा नेकपा एमालेको अध्यक्षमा जीतराम लामा सर्बसम्मत निर्वाचित हुनुभएको छ।

आजै महाभारत गाउँपालिकामा भएका अधिवेशनबाट पालिका कमिटीको अध्यक्षमा जगत मोक्तानले निर्विरोध निर्वाचित हुनुभएको छ।

यस्तै, भुम्लु गाउँपालिकामा पालिका कमिटीको अध्यक्षमा अध्यक्ष कृष्णमान तामाङ निर्वाचित हुनुभएको छ।
तेमाल गाउँपालिकामा पालिका कमिटीको अध्यक्षमा ईन्द्रमान तामाङ निर्वाचित हुनुभएको छ।

एमालेको पालिका अधिवेशन काभ्रेको १३ मध्ये १० वटामा आज सुरू भएको हो। कतिपय पालिकाको नतिजा आईसकेको छ। कतिपयमा भने सहमतिको प्रयास भैरहेको जानकारी प्राप्त भएको छ।

धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा एमालेको अधिवेशन सुरू भएको हो। सात वटा गाउँपालिका मध्ये भुम्लु, चौरीदेराली, महाभारत र तेमाल गाउँपालिकामा पनि अधिवेशन सुरू भएको एमाले काभ्रेले जनाएको छ।

बाँकी रहेका खानीखोला, बेथानचोक र रोशी गाउँपालिकामा भनेमा केहि दिनपछि मात्रै अधिवेशन हुने एमालेले जनाएको छ।


प्रतिक्रिया दिनुहोस