कात्तिक १०, काठमाडौं। जाँचका क्रममा आज बुधवार दिउँसाे सिंहदरबारभित्र एक राउन्ड गोली फायर भएको छ ।
राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालका निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा याे घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ ।
ड्युटी सकेर पेस्तोल जाँच गर्ने क्रममा गोली फायर भएकाे प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस