एमाले काभ्रेको ९ वटा पालिकाको अधिवेशन सकियो, नमोबुद्धमा मतदानबाट नेतृत्व चयन गरिदै

नौलो समाचार संवाददाता
२०७८ कार्तिक १०, बुधबार मा प्रकाशित १०७२ पटक पढिएको
एमाले काभ्रेको ९ वटा पालिकाको अधिवेशन सकियो, नमोबुद्धमा मतदानबाट नेतृत्व चयन गरिदै

कात्तिक १०, काभ्रे। काभ्रेमा नेकपा एमालेको जारी पालिका अधिवेशन अन्तर्गत ९ वटा स्थानीय तहको अधिवेशन सकिएको छ। केहि पालिकामा सर्वसम्मत तथा अन्य केहीमा चुनाव गरी नेतृत्व चयन गरिएको छ।

जिल्लाको १३ वटा पालिका मध्ये १० वटा पालिकामा एमालेको अधिवेशन सुरू भएको हो। त्यसमध्ये ९ वटा वडामा नेतृत्व टुङ्गो लागेको हो।

नमोबुद्ध नगरपालिकामा एमालेको अधिवेशनमा मतदान भैरहेको छ।

नेत्तृत्वका लागि सहमति हुन नसकेपछि नमोबुद्धमा अध्यक्षका लागि मतदान सुरु भएको छ । विवादका कारण मंगलबार नमोबुद्धमा पालिका अधिवेशन स्थिगत भएको थियो । विवादको टुङ्गो लगाउन आज दिनभर सहमतिका लागि प्रयास गरिएपनि असफल भएपछि मतदानबाट नेत्तत्व चयन सुरु गरिएको एमालले जनाएको छ ।

यसअघि, पनौती नगर कमिटी अध्यक्षमा सुरेश हुमागाईं निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा हरिशरण सुर्यवंशी, सचिबमा सन्तोष केसी, सहसचिवमा राजेन्द्र थापा र रामचन्द्र सापकोटा चयन हुनुभएको छ ।

एमालेको धुलिखेल नगर कमिटी अध्यक्षमा दयाराम महत निर्वाचित हुनुभएको छ । त्यसै उपाध्यक्षमा निरज खड्का, सचिबमा बिष्णु धिताल (काभ्रेली), उपसचिबमा कृष्ण हरी कोइराला र चिनीमाया तामाङ निर्वाचित हुनुभएको छ ।

बनेपा नगर कमिटीको अध्यक्षमा रत्न कुश रन्जित निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा नवराज मानन्धर, सचिबमा श्रीधर पराजुली, उप सचिबमा रोशनी उपध्याय र केदार प्रसाद दाहाल निर्वाचित हुनुभएको छ ।

पाँचखाल नगर कमिटीको अध्यक्षमा बिष्णुहरि पौडेल निर्वाचित हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा भरत सापकोटा, सचिबमा प्रकाश ब्लोन, उपसचिबमा राधाकृष्ण श्रेष्ठ र नवीन लामा चयन हुनुभएको छ ।

मण्डनदेउपुर नगर कमिटी अध्यक्षमा शेर बहादुर डोटेलले चयन हुनुभएको छ। मण्डनदेउपुर नगर अधिबेशनबाट अध्यक्षमा शेर बहादुर डाेटेल, उपाध्यक्षमा जित बाहादुर तामाङ, सचिबमा तुलसी नेपाल, उपसचिबमा सुमन नेपाल र राममणी सापकाेटा चयन हुनुभएको छ ।

भुम्लु गाउँपालिका कमिटी अध्यक्षमा कृष्णमान लामा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा लोक बहादुर कुँवर, सचिबमा छ्त्र श्रेष्ठ, उपसचिबमा अमर लामा र उर्मिला बराइली निर्बाचित भएको छ ।

चौरीदेराली गाउँपालिका कमिटी अध्यक्षमा जीतराम लामा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा डम्बर बहादुर लामा, सचिबमा बलराम ढुंगाना, सहसचिमा निरन्जन कडेल र टेक बहादुर मोक्तान चयन हुनुभएको छ ।

एमालेको तेमाल गाउँपालिका कमिटी अध्यक्षमा कृष्णमान तामाङ निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा सिङ्गा दोङ, सचिबमा च्याङ्बा तामाङ, सहसचिबमा सुकमान तामाङ र सुरेन्द्र तामाङ चयन हुनुभएको छ ।

महाभारत गाउँपालिका कमिटी अध्यक्षमा जगत मोक्तान निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा उमेश थापा, सचिबमा गणेश स्माली मगर, उपसचिबमा चन्द्र पुलामी र कुलध्वज योञ्जन चयन हुनुभएको छ ।

रोशी, खानीखोला र बेथानचोक गाउँपालिकामा पालिका अधिवेशन हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस