चीनबाट आइपुग्याे १० लाख मात्रा खोप

नौलो समाचार संवाददाता
२०७८ कार्तिक १०, बुधबार मा प्रकाशित ४०४ पटक पढिएको
चीनबाट आइपुग्याे १० लाख मात्रा खोप

कात्तिक १०,  काठमाडौं। कोभ्याक्स सुविधाअन्तर्गत चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दीपेन्द्ररमण सिंहले चीनबाट १० लाख २० हजार मात्रा काेराेनाकाे भेरोसेल खोप आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार याे खोपलाई टेकुमा रहेकाे भण्डारण केन्द्रमा राखिएको छ ।

यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्समार्फत १ लाख ६ सय २० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो ।


प्रतिक्रिया दिनुहोस