बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

नौलो समाचार संवाददाता
२०७८ कार्तिक ११, बिहिबार मा प्रकाशित ५८१ पटक पढिएको

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

कात्तिक ११, मकवानपुर। बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेता राजेन्द्र पाण्डे नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

उहाँ नेकपा एकीकृत समाजवादी पार्टी बाग्मती प्रदेश संसदीय दलका नेता हुनुहुन्छ। नवनियुक्त मुख्यमन्त्री पाण्डेको हेटौडा १० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गर्नु भएकाे छ।

गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिँदै हुनुहुन्छ।

माओवादीले सामाजिक विकास मन्त्री, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले आन्तरिक मामिला तथा कानुन मन्त्रालय भगबण्डा भएकाे छ।






प्रतिक्रिया दिनुहोस