जब वडा अध्यक्ष भण्डारीले आफ्नो कोट खोलेर ‘सुकमान’लाई लगाईदिए..

नौलो समाचार संवाददाता
२०७८ कार्तिक १२, शुक्रबार मा प्रकाशित ३१४६ पटक पढिएको
जब वडा अध्यक्ष भण्डारीले आफ्नो कोट खोलेर ‘सुकमान’लाई लगाईदिए..

कात्तिक १२, काभ्रे। शुक्रबार करिब साढे बाह्र बजेको समयमा पनौती वडा नम्बर १० का अध्यक्षको कार्यकक्षमा अनौठो दृश्य देखियो। वडा अध्यक्ष मोहन बहादुर भण्डारीले आफुले लगाएको कालो कोट खोलेर एक बृद्धलाई लगाईदिदै हुनुहुन्थ्यो। संयोगले त्यसै बखत वडा अध्यक्ष भण्डारीको कार्यकक्षमा हामी प्रवेश गरेका थियौँ। तत्कालै हामीले केहि फोटो लिन भ्यायौँ।

वृद्ध भत्ताको बारेमा बुझ्न सहयोगी लिएर वडा कार्यालय पुगेका ९२ वर्षीय शुकमान थोकरलाई वडा अध्यक्ष मोहन बहादुर भण्डारीले आफुले लगाएको कालो कोट खोलेर लगाईदिनुभएको हो। मनकारी अध्यक्ष भण्डारीले पुरानो टोपी, झुस्स दारी, केहि लामो कपाल, पुरानो मैलो लुगा लगाएका शुकमानको अवस्थाको बारेमा बुझेपछि उक्त सहयोग गर्नुभएको हो। उहाँले आफ्नो कार्यकक्षको कबर्ड बाट एक बट्टा हर्लिक्स पनि दिनुभएको थियो।

केहि वर्ष अगाडी जंगली च्याउ खादा श्रीमती र बुहारी गुमाएका शुकमानलाई त्यसपछि हेरविचार गर्ने कोहि भएनन्। शुकमान एक मात्र छन्। बुहारीको मृत्यु भएपछि शुकमान भात्तभुंग भयो। त्यसपछि आफ्नो खाने बस्ने ठेगान नभएको, खाए नखाएको कसैलाई वास्ता नभएको, छोरा आफ्नै हिड्ने गरेको शुकमान बताउछन्। दुइजना नाति नातिना छन्। दैनिक गुजारा चलाउन गारो छ।

वडा अध्यक्ष मोहन बहादुर भण्डारीले यस अगाडी पनि गरिब दुखिहरुलाई सहयोग गर्नुभएको स्थानीय बताउछन्।


प्रतिक्रिया दिनुहोस