साहित्यकार गंगा सुबेदी तथा लाकोजूलाई ‘सयपत्री राष्ट्रिय सम्मान’ प्रदान गरिने

नौलो समाचार संवाददाता
२०७८ कार्तिक १२, शुक्रबार मा प्रकाशित १५२५ पटक पढिएको

साहित्यकार गंगा सुबेदी तथा लाकोजूलाई ‘सयपत्री राष्ट्रिय सम्मान’ प्रदान गरिने

कात्तिक १२, काभ्रे।  यस वर्षको ‘सयपत्री राष्ट्रिय सम्मान’ साहित्यकार एवं साहित्यिक पत्रकार द्वय श्रीमती गंगा सुबेदी तथा सूर्यप्रसाद लाकोजूलाई प्रदान गरिने भएको छ।

सयपत्री प्रतिष्ठान नेपाल जनागालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औं जन्म जयन्तिको अवसरमा सयपत्री प्रतिष्ठान नेपालले सो सम्मान भोलि शनिवार दम्पत्तिसहित सम्मान गर्न लागेको हो।

२०५५ सालदेखि साहित्यिक गतिविधि संचालन गर्दै आएको प्रतिष्ठानले देवकोटा जयन्तिको अवसरमा देशका बिभिन्न भाग तथा काभ्रेमा जन्मेका साहित्यिकारलाई दम्पत्तिलाई सम्मान गर्दै आएको छ।






प्रतिक्रिया दिनुहोस