मलाई हार्ने डर छैन, एमाले अध्यक्षमा उम्मेदवारी दिन्छु– भीम रावल

नौलो समाचार संवाददाता
२०७८ कार्तिक २३, मंगलबार मा प्रकाशित ४८६ पटक पढिएको
मलाई हार्ने डर छैन, एमाले अध्यक्षमा उम्मेदवारी दिन्छु– भीम रावल

कात्तिक २३, अछाम। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आगामी मंसिर हुने पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

एमाले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै रावलले एमाले अध्यक्षमा उम्मेद‍्वारी घोषणा गर्नुभएको हो । कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको उहाँको भनाइ छ।

कार्यकर्ताको भावनाको कदर गर्दै अध्यक्षमा उम्मेदवारी दिन लागेको उहाँको भनाइ छ । ‘मलाई हार्ने डर छैन,’  ‘कार्यकर्ताको भावनालाई कदर गर्दै अध्यक्षमा उठ्ने तयारी गरेको छु ।’ उहाँले भन्नुभयो।

कार्यक्रममा उहाँले १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन–१२ (अपानि–१२) कार्यान्वयन नभएकोमा चर्को असन्तुष्टि व्यक्त गर्नुभयो ।

अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकताबद्ध बनाउनु पर्नेमा उहाँको जोड छ।

उहाँले कार्यकर्ताको आवाजलाई कमजोर हुन नदिने बताउनुभएको छ।

नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीका अध्यक्ष ललित कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवरलगायत सहभागी हुनुभएको थियो।

प्रतिक्रिया दिनुहोस