तामाङ पत्रकार संघ काभ्रेको अध्यक्षमा अञ्जली तामाङ निर्बिरोध निर्वाचित

नौलो समाचार संवाददाता
२०७८ कार्तिक २४, बुधबार मा प्रकाशित ६७२ पटक पढिएको
तामाङ पत्रकार संघ काभ्रेको अध्यक्षमा अञ्जली तामाङ निर्बिरोध निर्वाचित

कात्तिक २४, काभ्रे। तामाङ पत्रकार संघ काभ्रेको अध्यक्षमा अञ्जली तामाङ निर्बिरोध निर्वाचित हुनुभएको छ।

मंगलवार धुलिखेलमा सम्पन्न तामाङ पत्रकार संघ काभ्रे शाखाको चौथो अधिवेशनबाट १ सदस्यीय जिल्ला कार्यसमित निर्बिरोध चयन गरेको हो।

संघको उपाध्यक्षमा चित्र तामाङ, सचिव कृष्ण बहादुर घिसिङ, सह-सचिव लोकबहादुर लामा, कोषाध्यक्ष सुनिता लुङ्बा रहनुभएको छ। त्यसैगरी सदस्यहरुमा जीवन तामाङ , विजय जिम्बा, कृतिका घ्लान, अशोक बुद्व लामा, सृजना तामाङ र लालध्वज तामाङ रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस