छठ पर्वको मूख्य दिन आज अस्ताउँदो सूर्यको पूजा गरिने

नौलो समाचार संवाददाता
२०७८ कार्तिक २४, बुधबार मा प्रकाशित ३९३ पटक पढिएको
छठ पर्वको मूख्य दिन आज अस्ताउँदो सूर्यको पूजा गरिने

कात्तिक २४, काठमाडौं। आज छठ पर्वको मुख्य दिन। तराइसहित देशका विभिन्न भागमा आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिएर मनाईदै छ।

कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिने गरिन्छ। यस्तै आज रातभर जाग्राम बसी भोलि बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्मअर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वमा विशेष गरी सूर्यदेवको उपासना र पूजा हुने गर्दछ।

पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो ।

त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा गुप्तबास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । ताईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । सरकारले छठको अवसरमा सार्वजनिक विदा पनि दिन थालेको छ ।


प्रतिक्रिया दिनुहोस