कात्तिक २८, काभ्रे। नेपाली कांग्रेस काभ्रेका नेता चन्द्र बहादुर लामाले प्रदेश सभा १ को ‘ख’ सभापति पदमा उम्मेद्वारी प्रस्तुत गर्नुभएको छ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सम्पन्न हुन गईरहेको प्रदेश अधिवेशनमा नेता चन्द्र बहादुर लामाले आफ्नो प्रदेश सभा १ को ख सभापति पदमा उम्मेद्वारी प्रस्तुत गर्नुभएको हो।
नेपाली कांग्रेसमा निरन्तर रुपले काममा अहोरात्र लाग्नुहुने चन्द्र लामा रोशी गाउँ पालिका २ का बासिन्दा हुनुहुन्छ। शालीन, भद्र, स्वभावका लामा यस प्रदेशको बलियो र शसक्त उम्मेदवार हुनुहुन्छ। धेरै भन्दा धेरै क्षेत्रिय प्रतिनिधिहरुको साथ सहयोग र समर्थन रहेको कुरा नेपाली कांग्रेसका नेता विद्यासागर लामाले बताउनुभयो।
कांग्रेसको बलियो संगठन निर्माण गर्न चन्द्र बहादुर लामा एक जनप्रिय नेताका रुपमा चिनिनुहुन्छ। प्रदेश १ ख मा जामा ६५६ जना क्षेत्रिय प्रतिनिधि रहेको कुरा नेता विद्यासागर लामाले बताउनुभयो।
प्रतिक्रिया दिनुहोस