२४ घण्टाभित्र राजीनामा दिन प्रधानन्यायाधीशलाई कानून व्यवसायीको चेतावनी

नौलो समाचार संवाददाता
२०७८ मंसिर २, बिहिबार मा प्रकाशित ३७७ पटक पढिएको
२४ घण्टाभित्र राजीनामा दिन प्रधानन्यायाधीशलाई कानून व्यवसायीको चेतावनी

मंसिर २, काठमाडौं। नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिन २४ घण्टाको ‘अल्टिमेटम’ दिएको छ।

बारले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि २४ घण्टाभित्र राजीनामा दिन प्रधानन्यायाधीश राणालाई चेतावनी दिएको हो।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार सम्ममा प्रधानन्यायाधीशले राजीनामा नदिए सशक्त आन्दोलनका कार्यक्रम ल्याएर त्यसैको बलमा पदमुक्त गराउने चेतावनी दिनुभयो।

नेपाल बार एशोसिएसनले इतिहासमा धेरै पटक न्यायालयमा सुधारका लागि आन्दोलन गरेको बताउँदै यस पटक निर्णायक आन्दोलनमा रहेको अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा अनियमितता र भ्रष्टाचारको नेतृत्व गरेको समेत आरोप लगाउनुभयो । श्रेष्ठले जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस