काभ्रे काँग्रेको प्रदेश निर्वाचन क्षेत्र अधिवेशन जारी, शिव हुमागाईँ–तीर्थ लामा प्यानलको विजयी सुरुवात

नौलो समाचार संवाददाता
२०७८ मंसिर ३, शुक्रबार मा प्रकाशित ११६३ पटक पढिएको
काभ्रे काँग्रेको प्रदेश निर्वाचन क्षेत्र अधिवेशन जारी, शिव हुमागाईँ–तीर्थ लामा प्यानलको विजयी सुरुवात

मंसिर ३, काभ्रे। काभ्रेमा नेपाली कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन भइरहेको छ।

काभ्रे काँग्रेसमा शिव हुमागाईँ–तीर्थ लामा प्यानलले विजयी सुरुवात गरेको छ। १४ औँ महाधिवेशन अन्तर्गत जारी प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा शिव–तीर्थ प्यानलले विजयी सुरुवात गरेको हो।

४ प्रदेश निर्वाचन क्षेत्र मध्ये संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) मा निर्विरोध भएको छ । सभापतिमा रामबहादुर योञ्जन सहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) को अधिवेशन पनौतीमा भइरहेको छ। पनौतीमा मतदान सकिएसंगै अब मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो।

संघीय निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) को अधिवेशन पाँचखालमा जारी छ।

त्यसैगरी संघीय निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) को अधिवेशन बनेपामा जारी छ। मतदान प्रक्रिया सकिए लगत्तै गणना सुरु हुने मुख्य निर्वाचन अधिकृत लामिछानेले बताउनुभयो।

चार वटै निर्वाचन क्षेत्रमा गरी कुल २५ सय ४३ जना प्रतिनिधिले मतदान छन्। आगामी ६ गते संघीय निर्वाचन क्षेत्रको अधिवेशन हुनेछ। १० गते जिल्ला सभापतिका लागि अधिवेशन हुनेछ। अहिलेसम्म जिल्ला सभापतिका लागि तीर्थ लामाको मात्रै उम्मेदवारी परेको छ।


प्रतिक्रिया दिनुहोस