१० हजार नेपाली स्टाफ नर्सलाई बेलायतमा रोजगारी

नौलो समाचार संवाददाता
२०७८ मंसिर ३, शुक्रबार मा प्रकाशित ६३७ पटक पढिएको
१० हजार नेपाली स्टाफ नर्सलाई बेलायतमा रोजगारी

मंसिर ३, काठमाडौं। नेपालले बेलायतमा १० हजार स्टाफ नर्स पठाउने तयारी गरेको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले बेलायतमा १० हजार स्टाफ नर्स पठाउने तयारी भइरहेको बताउनुभएको हो। शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले रोजगारीका लागि स्टाफ नर्स पठाउन बेलायत सरकारसँग छलफल भैरहेको बताउनुभएको हो।

बेलायतमा नेपाली कामदारका लागि रोजगारीको गन्तव्य खुलेमा सबैभन्दा उत्कृष्ट वैदेशिक रोजगारीको गन्तव्य मुलुक बन्ने उहाँको भनाइ छ।

यस्तै, श्रम सचिव सूर्यप्रसाद गौतमले स्टाफ नर्स पठाउने विषयमा बेलायती पक्ष सकरात्मक रहेको बताउनुभयो।


प्रतिक्रिया दिनुहोस