पनौतीका १८ महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान सहित बिदाई, रोकिएन खुसीका आँशु

नौलो समाचार संवाददाता
२०७८ मंसिर १९, आईतबार मा प्रकाशित १२७५ पटक पढिएको
पनौतीका १८ महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान सहित बिदाई, रोकिएन खुसीका आँशु

मंसिर १९, काभ्रे। पनौती नगरपालिकाले बिगत लामो समयदेखि निरन्तर कार्यरत महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मानपुर्वक बिदाई गरेको छ। १८औं महिला सामूदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आज (आइतबार) एक कार्यक्रमका बीच नगरपालिकाले १८ जना महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान सहित बिदाई गरेको हो।

नगरपालिकाले ६० वर्ष उमेर पार गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई नगद सहित विदाई गरेको हो। बिदाई हुनेमा अधिकांश २०४५ सालबाट सेवामा प्रवेश गरेका महिला स्वास्थ्य स्वयं सेविका रहेका छन्।

नगरपालिकाको तर्फबाट ३० हजार, नेपाल सरकारको तर्फबाट २० हजार र  महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका कोषको तर्फबाट ११ सय गरी जम्मा ५१ हजार १ सय नगद सहित सम्मान पत्र, दोसल्ला र मायाको चिनोहरु प्रदान गरिएको पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले बताउनुभयो।

यस्तै, आजै नयाँ १८ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आगामी कार्यकालका लागि स्वागत पनि गरिएको छ।

आफ्नो कर्तब्य पालानको क्रममा निधन भएकी पनौती-७ निवासी स्वास्थ्य स्वयं सेविका शुभद्रा जंगमको योगदानको कदर गर्दै उहाँको  परिवारलाई राहत स्वरूप नगद ३० हजार प्रदान गरिएको छ।

सम्मानित हुनेहरुमा बल्थालीबाट रत्नामयाँ थापा, मैयाँ थापा (टौखाल), भगवती खत्री (टौखाल), कान्छिमयाँ थापा (मल्पी), शोभा महत (खोपासी), शान्ता थापा (खोपासी), शारदा श्रेष्ठ (पनौती), सावित्री महाजु (पनौती), गङ्गा ताम्राकार (पनौती), बिना ताम्राकार (पनौती), सरस्वती श्रेष्ठ (पनौती), लिला सापकोटा (कुशादेबी), देव कुमारी हुमागाईं (कुशादेबी), अम्बिका बस्नेत (सुन्थान), मेनुका भण्डारी (सुन्थान), गोदावरी खड्का (सुन्थान), पम्फा थापा (सुबागाउँ), गोमा श्रेष्ठ (सुबागाउँ) रहनु भएको छ।

यसरी सम्मानपूर्वक बिदाई हुन पाउदा केहि स्वयंसेविकाले भावबिव्हल हुदै आफ्ना खुसीको आशु रोक्न सक्नुभएन। आफ्नो काम र योगदानको सम्मन हुदा सबी जना नेकै खुसि देखिन्थे।

महिला स्वास्थ्य स्वयं सेविकाले ग्रामीण भेगको स्वास्थ्य सुधारमा उल्लेखनिय काम गर्दै आइरहेका छन्।

बिदाई कार्यक्रममा नगरप्रमुख भिम न्यौपानेले, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोत्तम सेडाई, स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिना लगायतले बिदाई हुनुभएका स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गर्दै  आफुले जानेको सिप र ज्ञान आफ्नो समाजमा लागु गर्न आग्रह गर्नुभयो। साथै नयाँ स्वास्थ्य स्वयंसेविकालाइ आगामी कार्यकालको लागि शुभकामना ब्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस