बहुप्रतिक्षित पनौती-बनेपा सडक खण्डमा पिचको काम सुरु

नौलो समाचार संवाददाता
२०७८ मंसिर २०, सोमबार मा प्रकाशित १९७३ पटक पढिएको
बहुप्रतिक्षित पनौती-बनेपा सडक खण्डमा पिचको काम सुरु

मंसिर २०, काभ्रे। बहुप्रतिक्षित पनौती-बनेपा सडक खण्डमा आज बाट पिचको काम सुरु भएको छ। निकै नै लामो समयदेखि धुलो धुवा र जोखिम पूर्ण यात्रा गर्न बाध्य आम नागरिकहरुले सडक पिच भएसंगे केहि राहत महसुस गर्ने भएका छन्।

पिच गर्ने पहिलो कार्य बिटुमिनस्प्रेंइंङको कार्य भैरहेको छ।

बर्षौदेखि धुलो र हिलोको सामना गर्दै जोखिमपूर्ण यात्रा गर्न आम सर्वसाधारण बाध्य छन्। यहि सडकका कारण व्यापक जनगुनासो तथा नगरपालिकाले पनि निकै नै आलोचना खेप्नु परेको छ।

केहि समय अघि देखि नै सडक निर्माण तथा मर्मतको काम सुरु गरे पनि बेमौसमी बर्षात तथा निर्माण ठेकेदारको लापवाही लगायतका प्रविधिक कारणले समयमा सडक पिचको काम गर्न नसकिएको पनौती नगरपालिकाका मेयर भिम न्यौपानेको भनाई छ।

वाह्र वर्षे मकर मेला संघारमा यो पनौती-बनेपा खण्ड बनाईसक्नु पर्ने आवश्यकतालाई मध्ये नजर गर्दै नगरपालिकाले पटक-पटक ठेकेदारलाई ताकेता गरिरहेको नगरपालिकाका उप-प्रमुख गीता बन्जाराले बताउनुभयो।

नगरवासी तथा सडक छेउका स्थानीय वासिन्दाले सडकको कामको निगरानी गर्दै गुणस्तरमा खबरदारी गर्नुपर्ने सथानीय समाजसेबीहरुको भनाई छ।


प्रतिक्रिया दिनुहोस