नागरिकता वितरणमा थेग्नै नसक्ने चाप बढेपछि काभ्रे प्रशासनले ‘बार’ अनुसार सेवा दिने

नौलो समाचार संवाददाता
२०७८ पौष १३, मंगलबार मा प्रकाशित ४३६ पटक पढिएको
नागरिकता वितरणमा थेग्नै नसक्ने चाप बढेपछि काभ्रे प्रशासनले ‘बार’ अनुसार सेवा दिने

पुस १३, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवाग्राहीका लागि ‘बार’ अनुसार सेवा दिने भएको छ। यहि पुस १५ गतेबाट काभ्रेका विभिन्न पालिकाका सेवाग्राहीका लागि छुट्टाछुट्टै बार अनुसार सेवा दिने जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा जारी सूचनामा जनाईएको छ।

नयाँ नागरिकताका लागि निवेदन लिएर आउनेको संख्या ब्यवस्थापन गर्नै नसकिने गरी बढेपछी प्रशासन कार्यालयले बार तोकेको हो। भिड बढी हुँदा कोरोना भाईरसको जोखिम समेत बढ्ने भन्दै चाप कम गर्न सेवाग्राहीका लागि बार तोकिएको प्रशासन कार्यालयले जनाएको छ।

जस अनुसार धुलिखेल र मण्डनदेउपुर नगरपालिका तथा तेमाल र चौरीदेराली गाउँपालिकाका नागरिकले आईतबार र बुधबार मात्रै सेवा लिन पाउनेछन् । पनौती र पाँचखाल नगरपालिका तथा रोशी र भुम्लु गाउँपालिकाका नागरिकले सोमबार र बिहीबार सेवा लिन पाउने छन् ।
यस्तै, बनेपा र नमोबुद्ध नगरपालिका तथा बेथानचोक गाउँपालिकाका नागरिकले मंगलबार र शुक्रबार सेवा लिन पाउने गरी बार तोकिएको छ।

खानीखोला गाउँपालिकाका नागरिकला भने सबै दिन सेवा पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस