मकर मेलाको तयारीका सबै काम छिट्टै सक्नुपर्नेमा प्रजिअ पोखरेलको जोड, माघ महिनाभर टिपर निषेध

नौलो समाचार संवाददाता
२०७८ पौष १३, मंगलबार मा प्रकाशित ११६४ पटक पढिएको
मकर मेलाको तयारीका सबै काम छिट्टै सक्नुपर्नेमा प्रजिअ पोखरेलको जोड, माघ महिनाभर टिपर निषेध

पुस १३, काभ्रे। प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पनौतीमा माघ महिनाभर लाग्ने मकर मेलाको तयारीका सम्पूर्ण काम एक हप्ताभित्रै सम्पन्न गरी सरसफाई गर्नेकार्य सक्नुपर्नेमा जोड दिनुभएको छ। आज मकर मेलाको तयारीका बारेमा भैरहेका कामको बारेमा जानकारी दिन पनौती नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी पोखरेलले मेलालाई सहज बनाउनको लागि ट्राफिक व्यवस्थापन, सुरक्षाको व्यवस्था मजबुतक साथै वजारको अनुगमन गर्ने वातावरण बनाउनु पर्ने धारणा राख्नुभएको हो।

पनौतीको मात्रैै नभएर काभ्रेकै गौरबको रुपमा रहेको उक्त मेला सम्पन्न पार्नको लागि स्थानिय जनप्रतिनिधि साथै नगरवासीहरुको ठुलो भुमिका रहने बनाउनु भयो। मेलालाई सहज ढंगबाट सम्पन्न गराउने कार्यमा आफुले सक्दो साथ र सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा पनौती नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत एवं मकर मेला मुल आयोजक व्यवस्थापन समितिका संयोजक इन्द्रप्रसाद अधिकारीले हालसम्मको उपलब्धिका बारेमा जानकारी गराउनु भएको थियो। उहाँले पार्कीङ्ग व्यवस्थापन, खानेपानी व्यवस्थापन, साँस्कृतिक एवं सरसफाई व्यवस्थापन, वजार व्यवस्थापन, आवास व्यवस्थापन, सामुदायिक बन सरसफाई, बनेपाबाट आएको फोहोर पानी व्यवस्थापन, नुहाउनको लागि धाराहरुको व्यवस्थापन लगाएतका व्यवस्थापनहरु करिव अन्तिम चरणमा पुगेको जानकारी गराउनु भयो ।

संयोजक अधिकारीले मकर मेलालाई थप व्यवस्थित गर्नको लागि यातायात व्यवस्थापन गर्नको लागि एक महिना टिपरलाई पनौती क्षेत्रमा रोक लगाउने जानकारी गराउनु भयो ।

आगामी माघ १ गतेबाट सुरुहुने पनौती मकरमेलाको मध्यनजर राख्दै माघ महिनाभर टिपर संञ्चालनमा प्रतिबन्ध लगाउने भएको छ । मकर मेला व्यवस्थापनका लागि ८ करोड बजेट व्यवस्थापन गरि काम जारी रहेको बरिष्ठ प्रशासकिय अधिकृत एवं मकर मेला मुल आयोजक व्यवस्थापन समितिका संयोजक इन्द्रप्रसाद अधिकारीले हालसम्मको उपलब्धिका बारेमा जानकारी गराउनु भएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नगर प्रमुख भिम न्यौपाने, उप प्रमुख गीता बन्जारा, राजनीतिक दलका प्रतिनिधि चन्द्र लामा, रामहरी सुबेदी, सुरक्षा निकायका प्रमुख, ट्राफिक प्रहरी प्रमुख, विभिन्न वडाका वडा अध्यक्षहरु, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।

 


प्रतिक्रिया दिनुहोस