पाँचखाल उपप्रमुख कप क्योकुशिन कराते प्रतियोगितामा पाँचखाल डोजो उत्कृष्ठ

नौलो समाचार संवाददाता
२०७८ पौष १६, शुक्रबार मा प्रकाशित ६३१ पटक पढिएको

पाँचखाल उपप्रमुख कप क्योकुशिन कराते प्रतियोगितामा पाँचखाल डोजो उत्कृष्ठ

पुस १५, काभ्रे। पाँचखाल नगरपालिकाको सहयोगमा र क्योकुशिन कराते आईएफकेके जिल्ला संघ शाखा डोजो पाँचखालको आयोजनामा प्रथम पाँचखाल उपमेयर कप राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट् आईएफकेके नेपाल कराते प्रतियोगिता २०७८ मा आईएफकेके पाँचखाल डोजो उत्कृष्ट तथा आईएफकेके एयरपोर्ट डोजो काठमाडौ टिम च्याम्पियन हुन सफल भएको छ ।

महिला ४५ के जि मुनि तौल समुहमा प्रथम सल्मा लकनरी , दोस्रो सना दनुवार र तेश्रो सलिना दनुवार भईन ।

पुरुष ३५ के जि मुनि तौल समुहमा प्रथम रमित महर्जन (तेसिनकाई क्रीतिपुर) , दोस्रो अफताब अलि आईएफकेके क्षेत्रपाटी र तेस्रो विवेक दाहाल आईएफकेके ढल्को भए ।

पुरुष ४० केजि मुनि तौल समुहमा आईएफकेके क्रीतिपुरका सागर थिङ्ग प्रथम, आईएफकेके किर्तिपुरका निरोज दुधराज दोश्रो तथा केन्द्रीय डोजा त्रिपुरेश्वर तेश्रो र रानीपोखरी डोजोका सागर चौधरी चौथो भए ।

त्यस्तै पुरुष ५५ के जि मुनि तौल समुहमा प्रथम एयरपोट डोजोका बिजय राई, एयरपोर्ट डोजोकै अविशेक माझी दोश्रो, आयोजक पाँचखाल डोजोका पुजन बर्देवा तेस्रो तथा एयरपोर्ट डोजोकै शंकर महत्तो चौथो भए ।

पुरुष ६५ के.जि मुनि तौल समुहमा प्रथम थम प्रकाश खडका बाग्लुङ डोजो, दोस्रो दिनेश भाम रानिपोखरी डोजो, प्रवीण दनुवार आयोजक पाँचखाल डोजो तथा चौथो देव भक्त खुप्पा श्रेष्ठ नाला डोजो हुन सफल भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद एवं फुल कन्ट्याक्ट् महासंघमा आवद्ध १६ वटा संघबाट ८० जना खेलाडी र अपिसियल प्रतिनिधि २० गरि, सयजना भन्दा बढिको सहभागिता रहेको एक दिवसीय आमन्त्रित खेलमा महिला ४५ के.जि तथा पुरुष ३५ , ४०, ५५ , ६५ के.जि तौल गरि जम्मा ५ वटा ईभेन्टमा खेल खेलाइएको थियो ।

खेलको कार्यक्रमका विच पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मि दनुवारले उद्घाटन गर्नुभएको थियो । उहाँले खेलकुद सकैलाई एक ठाउँमा ल्याउन सहयोग पुगको भन्दै देशलाई विश्वसामु चिनाउन सबैको सहयोग आवश्यक भएको बताउनुभयो। खुलकुदले मानिसको स्वास्थ्यलाई पनि फाईदा पुग्ने उहाँको भनाई छ । उद्घाटन कार्यक्रममा नगरका प्रवत्ता एवं वडा नं ८ का अध्यक्ष संजय तामाङ, वडा नं ३ का अध्यक्ष सुन्दर अधिकारी, वडा नं १२ का अध्यक्ष गोपाल बहादुर दनुवार, कार्यक्रमका सभापति कृष्ण बहादुर दनुवार , आईएफकेकेका संस्थापक ब्रान्च चिफ प्रेमबहादुर तामाङ , संघका अध्यक्ष घनश्याम श्रेष्ठ , संघका उपाध्यक्ष सानुराजा महर्जन, प्रेमधर्म स्मृति सहकारी संस्था लिमिटेडका हरिगोपाल दनुवार , आजाद मा.बि का प्राध्यापक प्रल्हाद प्रसाद तिमल्सिना लगायत स्थानीय समाजसेवि, खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद भन्ने एउटै खेलको मुलमन्त्रलाई आत्मसात गर्दै कार्यक्रममा १३ औ दक्षिण एसियाली खेलकुद (साफ) गेमका निर्णायक गणेश दनुवार तथा दोस्रो रजत पदक बिजेता चन्चला दनुवार लगायत सर्वियामा भएको २८ औ सोतोकान वल्ड च्याम्पियनसिपका बिजेता राजु दनुवार , पन्चराम लामा , निकशोन लामालाई पनि सम्मान गरिएको थियो ।

क्योकुशिन कराते केन्द्रिय डोजो त्रिपुरेश्वरबाट ब्ल्याक बेल्ट परिक्षा दिई आफ्नो मर्यादाक्रम बनाउन सफल ब्ल्याक बेल्ट चौथो डान अशोक जंग दनुवार , ब्ल्याक बेल्ट तेस्रो डान रमेश दनुवार , ब्ल्याक बेल्ट तेस्रो डान राजकुमार दनुवार , ब्ल्याक बेल्ट दोस्रो डान हरि बहादुर दनुवार , ब्ल्याक बेल्ट दोस्रो डान बिकल दनुवार , ब्ल्याक बेल्ट दोस्रो डान प्रवीण दनुवार ,ब्ल्याक बेल्ट पहिलो डान सन्देश दनुवार लगायतका टिमलाई प्रमुख अतिथि र संघका प्रतिनिधिबाट बेल्ट प्रमाणपत्र प्रदान गरिएको थियो ।

केडब्लुडब्लु कराते संघका महासचिव महेश दनुवारले उत्कृष्ट निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस