कपिल कसपाल र देबिका बन्दनाको आवाजमा “मौसम बेइमानी” गीत सार्वजनिक (भिडियो)

नौलो समाचार संवाददाता
२०७८ पौष १७, शनिबार मा प्रकाशित १२९२ पटक पढिएको
कपिल कसपाल र देबिका बन्दनाको आवाजमा “मौसम बेइमानी” गीत सार्वजनिक (भिडियो)

पुस १७, काठमाडौं। “मौसम बेइमानी” गीतको एक कार्यक्रम बिच लोकार्पण भएको छ। गीतमा आवाज गायक कपिल कसपालको रहेको छ भने चर्चित गायिका देबिका बन्दनाले साथ दिनुभएको छ।

शब्द संचारकर्मी तथा गीतकार प्रतिमा श्रेष्ठको रहेको छ भने गीतलाई संगीत निल शाक्यले दिनभएको छ। गीत स्टुडियो साउन्ड मिलमा रेकर्ड भएको हो भने मिक्सिङ, मास्टरिङ, रेकर्डिङ महेश्वरमान राजभण्डारीले गर्नु भएको हो।

रागरागिनी इन्टरटेन्मेन्ट प्रा.लि. को प्रस्तुति तथा ज्योती म्युजिकको सहकार्यमा निर्माण भएको गीतलाई बिश्वास बज्राचार्य निर्देशन गर्नुभएको हो भने गीतको भिडियोका निर्माता राम गोपाल श्रेष्ठ रहनुभएको छ।

गीतमा चर्चित मोडेल सुधिर श्रेष्ठ तथा बिना राउतको अभिनय तथा उत्कृष्ट नृत्य रहेको छ। गीतलाई निशिला शाक्यले कोरियोग्राफी गर्नुभएको छ जो अहिलेको चर्चित डान्स रियालिटी शो डान्सिङ स्टार कि पनि कोरियोग्राफर हुनुहुन्छ ।

मौसम बेइमानीका अडियो /भिडियोसंग सम्बद्ध सम्पुर्णको उपस्थितिमा भएको कार्यक्रममा मौसम बेइमानी लेखिएको केक काटिएको थियोे भने संगै आज परेको अङ्ग्रेजी नयाँ बर्षको पुर्ब सन्ध्यामा New Year Eve पनि सेलेब्रेसन गरिएको थियो।

सेलेब्रेसन पछी उपस्थित सम्पुर्णले आआफ्नो टिकटकमा “मौसम बेइमानी ” गीतमा TikTok बनाएर पोस्ट गरेका थिए।

गायिका देबिका बन्दनाले गीत निकै राम्रो बनेको र धेरै अपेक्षा राखेको बताउदै कपिल कसपाल भाइले पनि निकै राम्रो गाउनु भएको छ र भिडियोमा सुधिर र बिना राउतको अभिनय र नृत्य निकै जमेको प्रतिक्रिया दिनुभयो।

यस्तै, गायक कपिल कसपालले गीत राम्रो भएकोले सबैले मन पराउने विश्वास व्यक्त गर्दै सबैले मौसम बेइमानी गीतमा टिकटक बनाएर गीतलाई प्रोमोसन गरिदिनुहुन अनुरोध गर्नु भएको छ।

कार्यक्रममा रागरागिनीका सिइओ तथा गायक कपिल कसपालले सबैलाई केक काटेर खुवाउनु भएको थियो।

गीत लाई OSR  युट्युब च्यानलबाट संसार भरी बाट हेर्न सकिने छ भने टिकटकको लागि रागरागिनी को official tiktok account मा भिडियो हरु राखिएको छ।
कार्यक्रममा गीतसंगै  सम्बन्धित सम्पुर्ण कलाकारको साथमा नायिका तथा निर्मात्री रोशनी केसी लगायत अतिथिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस