बनेपामा स्मार्ट फोन ‘शाओमी’ (MI) को नयाँ शोरुम

नौलो समाचार संवाददाता
२०७८ पौष २२, बिहिबार मा प्रकाशित २१७७ पटक पढिएको
बनेपामा स्मार्ट फोन ‘शाओमी’ (MI) को नयाँ शोरुम

पुस २२, काभ्रे। बनेपामा स्मार्ट फोन ‘शाओमी’ को नयाँ शोरुम संचालनमा आएको छ। बनेपामा रहेको योर च्वाइस मोवाइल हाउसले शाओमी (MI store)ब्राण्डको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।

गोदामचोकमा शाओमी कम्पनिका निर्देशक सौरभ कोठारीले स्टोरको भव्य कार्यक्रमका बीच उद्घाटन गर्नुभयो। MI स्मार्ट मोबाइल नेपालमा आएदेखि नै आफुले उक्त ब्राण्डका उत्पादन विक्रि गरिरहेकोले काभ्रे जिल्लाको आधिकारिक विक्रेताका रुपमा शोरुम सञ्चालन गर्न पाउँदा उत्साहित भएको योर च्वाइस मोवाइल हाउसका सञ्चालक सन्नि श्रेष्ठले बताउनुभयो।

१३ हजारदेखि १ लाख रुपैयासम्म पर्ने MI व्राण्डका स्मार्ट मोवाइल विशेष गरी युवापुस्ता माझ लोकप्रिय बन्दै रहेको छ। मोवाइमा गेम खेल्न रुचि भएकाहरुलाई शाओमीले पोको (POCO) व्राण्डका मोवाइल समेत बजारमा ल्याइसकेको Area Sales Manager निकेश श्रेष्ठको भनाइ छ ।

साधारण र मध्यम मुल्य पर्ने स्मार्ट मोवाइलमा पहिलो रोजाइमा परिरहेको MI व्राण्डले ७० भन्दा वढि एसोसिरिज थप्ने लक्ष्य लिएकोले झनै लोकप्रिय बन्नेमा आशावादी रहेको व्यवसायी रिना श्रेष्ठले बताउनुभयो ।

समुद्घाटन कार्यक्रममा MI व्राण्डका शिवराज पौडेल, किरण सोनि, अभिषेक सिं लगायत काभ्रे जिल्लाका मोवाइल व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस