काभ्रेको पनौतीमा लाग्ने १२ वर्षे मकर मेला कोभिडका कारण स्थगित गर्ने प्रशासनको निर्णय

२५ जना भन्दा कम जम्मा भई स्नान गर्न भने दिईने
नौलो समाचार संवाददाता
२०७८ पौष २७, मंगलबार मा प्रकाशित १६७६ पटक पढिएको
काभ्रेको पनौतीमा लाग्ने १२ वर्षे मकर मेला कोभिडका कारण स्थगित गर्ने प्रशासनको निर्णय

पुस २७, काभ्रे। काभ्रेको पनौतीमा लाग्ने १२ वर्षे मकर मेला कोभिडका कारण स्थगित गर्ने प्रशासनको निर्णय गरेको छ। जिल्ला कोभिड व्यवस्थापन समिति (DCMC) को बैठकले माघ १ गतेबाट सुरु हुने मकर मेलाको कार्यक्रम स्थगित गरिने निर्णय गरेको हो।

पछिल्लो समय कोभिड-१९ तिब्र रुपमा फैलदै गएको अवस्थामा सार्वजनिक स्थानमा २५ जना भन्दा बढीको भिडभाड नगर्ने भन्ने सरकारको पत्र अनुरुप मेला, महोत्सव, भेला तथा कार्यक्रम नगर्ने निर्णय गरिएको छ।

मकर मेलाको कार्यक्रम नगरे पनि शुरक्षाका मापदण्ड अपनाई स्नान गर्न भने दिईने निर्णयमा जनाईएको छ।

जिल्लाका १३ वटै स्थानीय तहलाई भिडभाड हुने कुनै पनि कार्यक्रमा नगर्न नगराउन अनुरोध गरेको छ।

खोप कार्ड अनिवार्य 

माघ ७ गतेबाट काभ्रेका कुनै सरकारी तथा सार्वजनिक सेवा पाउनको लागि कोभिड बिरुद्धको खोप लागेको कार्ड साथमा (मोबाईलमा फोटो भए पनिहुने) हुनुपर्ने जनाईएको छ। सार्वजनिक सेवाहरु, होटल, रेष्टुरेन्ट, सिनेमा हाल, रंगशाला, पार्कमा प्रवेशको लागि खोप कार्ड अनिवार्य गरिएको छ।

यस्तै निर्णयमा स्वास्थ्य कार्यालय काभ्रेले धुलिखेल अस्पताल, मंगलटार र दोलालघाट क्षेत्रमा नि: शुल्क एन्टीजेन परिक्षण बुथहरु राखी कोभिड टेस्ट गर्ने र यसमा स्थानीय तहहरुलाई सहजीकरण गर्न पनि अनुरोध गरेको छ।

यस्तो छ आदेश :-

 

प्रतिक्रिया दिनुहोस