अर्को सूचना जारी नहुँदासम्म मकर मेला स्थगित : पनौती नगरपालिका

२५ जना भन्दा कम भिडभाड नगरी स्नान पाईने
नौलो समाचार संवाददाता
२०७८ पौष २७, मंगलबार मा प्रकाशित १०१९ पटक पढिएको

अर्को सूचना जारी नहुँदासम्म मकर मेला स्थगित : पनौती नगरपालिका

पुस २७, काभ्रे। पनौतीमा  प्रत्येक १२ वर्षमा लाग्ने ऐतिहासिक मकर मेला स्थगन भएको छ। आज साँझ पनौती नगरपालिका ‘मकर मेला मुल ब्यवस्थापन समिति’द्वारा जारी विशेष सूचनामा मेला सम्बन्धि सबै कार्यक्रम स्थगन गरिएको जनाएको छ।

कोभिड-१९ को संक्रमणको बढिरहेको अवस्थालाई ध्यानमा राख्दै मेलाका कार्यक्रममा मानिसहरुको भिडभाड बढने र संक्रमण अझै फैलन सक्ने भएकोले मकर मेला स्थगन गरिएको हो। मकर मेला माघ १ गतेदेखि माघ महिना भर लाग्ने थियो।

यद्धपि, त्रिबेणी घाटमा स्नान गर्ने भक्तजन लागि भने २५ जना भन्दा कम र भिडभाड नहुने गरी स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड पालना गरेर मात्र स्नान गर्न दिईने सूचनामा उल्लेख गरिएको छ।

समितिले जारी गरेको सूचनामा अर्को सूचना जारी नहुँदासम्मलाई मेला स्थगन गरिएको उल्लेख गरिएको छ ।

आजै दिउँसोमात्रै धुलिखेलमा बसेको जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले पनि मकर मेला सञ्चालन नगर्ने निर्णय गरेको थियो ।

पनौती नगरपालिका ‘मकर मेला मुल ब्यवस्थापन समिति’द्वारा जारी विशेष सूचना


प्रतिक्रिया दिनुहोस