काभ्रेमा आज थपिए ४८ संक्रमित, सक्रिय संक्रमितको संख्या १८०

नौलो समाचार संवाददाता
२०७८ पौष २९, बिहिबार मा प्रकाशित ५९३ पटक पढिएको
काभ्रेमा आज थपिए ४८ संक्रमित, सक्रिय संक्रमितको संख्या १८०

पुस २९, काभ्रे। काभ्रेमा आज एकैदिन थप ४८ जना नयाँ संक्रमित थपिएका छन्।  जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा ४८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १८० पुगेको छ। सबैभन्दा बढी बनेपा नगरपालिकामा ७० जना सक्रिय संक्रमित छन्।

धुलिखेल नगरपालिकामा ६५ जना, पनौती नगरपालिकामा १६ जना, नमोबुद्ध नगरपालिकामा १२ जना, पाँचखाल नगरपालिकामा ७ जना, मण्डनदेउपुर नगरपालिकामा ४ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै भुम्लु गाउँपालिकामा ३ जना, भुम्लु गाउँपालिकामा २ जना र रोशी गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

संक्रमित मध्ये १७८ जना अस्पतालको आईसोलेसनमा र २ जना होम आईसोलेसनमा रहेका छन् ।

जिल्लामा आज ४ सय ५२ जनाले पहिलो मात्राको र २ सय ६९ जनाले दोस्रो मात्राको कोरोना विरुद्धको भेरोसेल खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस