दोब्वरले बढ्दै कोरोना संक्रमण, देशभरका अस्पतालहरू संक्रमितले भरिदै

नौलो समाचार संवाददाता
२०७८ पौष २९, बिहिबार मा प्रकाशित ६७३ पटक पढिएको
दोब्वरले बढ्दै कोरोना संक्रमण, देशभरका अस्पतालहरू संक्रमितले भरिदै

पुस २९, काठमाडौं। विश्वभर ओमिक्रोनको जोखिम बढिरहेका बेला नेपालमा समेत संक्रमितको संख्या कहालीलाग्दो ढङ्गमा बढेको छ ।

१ प्रतिशतमा झरिसकेको संक्रमणदर हाल २३ प्रतिशतसम्म पुग्दा देशभर करिव १५ हजार संक्रिय संक्रमित पुगेका छन् । ५ दिनमा संक्रमण दोब्वर बढ्दा अस्पतालमा संक्रमितको चाप उल्लेख्य बढेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेसँगै अस्पताल भरिन थालेका छन् । पुस १५ देखि केही बढ्न थालेको संक्रमण पुष २५ सम्म पुग्दा ९ प्रतिशत माथि पुग्यो । २६ गते १२ दशमलव ६, २७ गते १६ दशमलव २ पुगेको संक्रमणदर २८ गते २३ दशमलव ५८ प्रतिशत पुग्यो ।

यस्तै २९ गते पनि २३ दशमलव ५५ प्रतिशतमा संक्रमण देखिएको छ । प्रत्येक दिन औसतमा ५ सयले बढ्न थालेको संक्रमितको संख्याले अबको केही समयमा नै अवस्था भयावह बनाउने देखिन्छ । संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला, दैनिक २ सय पुगेको संक्रमण क्रमशः बढ्दै जानुले तेस्रो लहर सुरु भएको आँकलन गर्नुहुन्छ ।

तर, नेपालमा हाल फैलिरहेको संक्रमण ओमिक्रोन नै हो कि यसअघि देखिरहेको डेल्टा भेरियन्ट हो भन्ने पुष्टि भइसकेको छैन । यद्यपि ओमिक्रोन भेरियन्टको संक्रमणपछि १ जनाले १० जनासम्म संक्रमण पु¥याउने सक्ने क्षमता राख्छ ।

नयाँ भेरियन्टले दोस्रो लहरमा जस्तो फोक्सोमा अक्सिजनको मात्रा घटाउने र निमोनिया बनाउने नदेखिए पनि श्वासप्रश्वासमा असर र घाँटीमा समस्या हुने देखिएको छ । खोप नलगाएको व्यक्तिमा भने लगाएको व्यक्तिको तुलनामा १० गुणा बढी असर, अस्पताल भर्ना हुने दर १७ गुणा र मृत्यु हुने सम्भावना २० प्रतिशत बढी हुने पाइएको संक्रामक रोग डा. कोइरालाको भनाइ छ ।

हाल उपत्यका सहित देशभरका अस्पतालहरू संक्रमितले भरिन थालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस