काभ्रेमा एकैदिन थपिए १५४ जना संक्रमित, १५ जना निको भए

नौलो समाचार संवाददाता
२०७८ माघ ३, सोमबार मा प्रकाशित ३८१ पटक पढिएको
काभ्रेमा एकैदिन थपिए १५४ जना संक्रमित, १५ जना निको भए

माघ ३, काभ्रे। काभ्रेमा कोरोना संक्रमितको संख्या दैनिक जसो बढ्दै गैरहेको छ। काभ्रेमा आज एकैदिन थप १५४ जना नयाँ संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट १०४ तथा एन्टीजेन परिक्षणबाट ५० जना गरी जम्मा १५४ जनामा संक्रमण पुष्टि भएको हो।

आज जम्मा ४१७ जनामा गरिएको परिक्षणमा १५४ जनामा संक्रमण देखिएको हो।

यस्तै आज उपचारपछी १५ जना निको भएका छन्।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४८७ पुगेको छ। सबैभन्दा बढी सक्रिय संक्रमित धुलिखेल नगरपालिकामा रहेका छन्।

धुलिखेल नगरपालिकामा १७३ जना संक्रमित रहेका छन् भने बनेपामा १४४ जना, पनौतीमा ५५, नमोबुद्धमा ४६, मण्डनदेउपुरमा २३, पाँचखालमा १६ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै चौँरीदेउराली गाउँपालिकामा २१, रोशीमा ३, भुम्लुमा ३, बेथानचोकमा १, महाभारतमा १ र तेमालमा १ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लामा आज ३३ जनाले पहिलो मात्राको र ९ जनाले दोस्रो मात्राको कोरोना विरुद्धको भेरोसेल खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस