काभ्रेमा एकैदिन थपिए १ सय ७३ जना संक्रमित, नगरपालिकाहरुमा बढी संक्रमित

नौलो समाचार संवाददाता
२०७८ माघ ५, बुधबार मा प्रकाशित ५९७ पटक पढिएको
काभ्रेमा एकैदिन थपिए १ सय ७३ जना संक्रमित, नगरपालिकाहरुमा बढी संक्रमित

माघ ५, काभ्रे। काभ्रेमा आज एकैदिन १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट १२७ तथा एन्टीजेन परिक्षणबाट २७ जना गरी जम्मा १७३ जनामा संक्रमण पुष्टि भएको हो।

आज जम्मा ५४४ जनामा गरिएको परिक्षणमा १७३ जनामा संक्रमण देखिएको हो।

यस्तै आज उपचारपछी ४ जना निको भएका छन्।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७९२ पुगेको छ। सबैभन्दा बढी सक्रिय संक्रमित धुलिखेल नगरपालिकामा रहेका छन्।

धुलिखेल नगरपालिकामा २७६ जना संक्रमित रहेका छन् भने बनेपामा २४१ जना, पनौतीमा ९७, नमोबुद्धमा ५७, मण्डनदेउपुरमा २८, पाँचखालमा ३२ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै चौँरीदेउराली गाउँपालिकामा २७, भुम्लुमा १४, रोशीमा ६, बेथानचोकमा ५, महाभारतमा ६ र तेमालमा ३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लामा आज भेरोसेल खोपको पहिलो मात्रा लगाउनेको संख्या १ हजार १५९ जना तथा भेरोसेल खोपको दोश्रो मात्रा लगाउनेको संख्या ५७४ रहेको छ। यस्तै आजै  १५ जनाले कोभिशिल्डको खोपको दोश्रो मात्र लगाएका छन्।

यस्तै काभ्रेमा १ हजार १५८ जनाले भेरोसेलाको बुस्टर डोज लागेका छन् भने २ हजार १२५ जनाले कोभिशिल्डको बुस्टर डोज लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।


प्रतिक्रिया दिनुहोस