शुक्रबारदेखि काठमाडौं उपत्यकामा खोप कार्ड अनिवार्य

अटेर गरे कारवाही
नौलो समाचार संवाददाता
२०७८ माघ ५, बुधबार मा प्रकाशित ९६९ पटक पढिएको
शुक्रबारदेखि काठमाडौं उपत्यकामा खोप कार्ड अनिवार्य

माघ ५, काठमाडौं। आगामी शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरिएको छ ।

कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिहरुलाई खोप लगाउन उत्प्रेरित गर्न यो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले खोप प्राप्त गरिसकेका व्यक्तिहरुको अभिलेख राख्न र खोप लगाउन बाँकी रहेकाहरुलाई खोपका लागि अभिप्रेरित गर्ने माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएको जानकारी दिनुभयो । खोप लगाएका व्यक्तिहरु कम जोखिमपूर्ण हुने मान्यता अनुसार कार्डलाई आधारको रुपमा लिइएको पनि उहाँले बताउनुभयो ।

जिल्ला प्रशासनले जारी गरेको आदेशको पालना नगरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पनि उहाँले चेतावनी दिनुभयो । उहाँले भीडभाडजन्य गतिविधि नगर्न र नगराउन पनि सबैलाई आग्रह गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस