काभ्रेमा एकैदिन थपिए २५१ जना संक्रमित, सक्रिय संक्रमितको संख्या १ हजार ४३ पुग्यो

नौलो समाचार संवाददाता
२०७८ माघ ६, बिहिबार मा प्रकाशित ८७७ पटक पढिएको
काभ्रेमा एकैदिन थपिए २५१ जना संक्रमित, सक्रिय संक्रमितको संख्या १ हजार ४३ पुग्यो

माघ ६, काभ्रे। काभ्रेमा आज एकैदिन २५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट १३५ तथा एन्टीजेन परिक्षणबाट ११६ जना गरी जम्मा २५१ जनामा संक्रमण पुष्टि भएको हो।

आज जम्मा ६४५ जनामा गरिएको परिक्षणमा २५१ जनामा संक्रमण देखिएको हो।

यस्तै आज उपचारपछी निको हुनेको संख्या शुन्य रहेको छ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ४३ पुगेको छ। सबैभन्दा बढी सक्रिय संक्रमित धुलिखेल नगरपालिकामा रहेका छन्।

धुलिखेल नगरपालिकामा ३४८ जना संक्रमित रहेका छन् भने बनेपामा ३२५ जना, पनौतीमा १४१, नमोबुद्धमा ७६, मण्डनदेउपुरमा ३१, पाँचखालमा ४८ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै चौँरीदेउराली गाउँपालिकामा ३१, भुम्लुमा १७, रोशीमा ६, बेथानचोकमा ६, महाभारतमा १० र तेमालमा ४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस