थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ माघ १०, सोमबार मा प्रकाशित ४३६ पटक पढिएको
थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

माघ १०, काठमाडौं। नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिमार्फत् २१ हजार २०१ नमूनाको परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

परीक्षण

मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार ६५४ नमूनाको पीसीआर र ४  हजार ५४७ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट ८ हजार ५४ र एन्टिजेन परीक्षणबाट २ हजार २६५ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमितको मृत्यु

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर गरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणमुक्त

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ५४० जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ।


प्रतिक्रिया दिनुहोस