काभ्रेमा आज थपिए १९८ जना संक्रमित, ४८ जना संक्रमण मुक्त

नौलो समाचार संवाददाता
२०७८ माघ १०, सोमबार मा प्रकाशित ५२८ पटक पढिएको
काभ्रेमा आज थपिए १९८ जना संक्रमित, ४८ जना संक्रमण मुक्त

माघ १०, काभ्रे। काभ्रेमा आज १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट ११९ तथा एन्टीजेन परिक्षणबाट७९ जना गरी जम्मा १९८ जनामा संक्रमण पुष्टि भएको हो।

आज जम्मा ३१३ जनामा गरिएको परिक्षणमा १९८ जनामा संक्रमण देखिएको हो।

यस्तै, आज उपचारपछी निको हुनेको संख्या ४८ रहेको छ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ४५३ पुगेको छ। सबैभन्दा बढी सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन्।

बनेपा नगरपालिकामा ४७७ जना संक्रमित रहेका छन् भने धुलिखेलमा ४४५ जना, पनौतीमा २१७, नमोबुद्धमा ७६, पाँचखालमा ७२, मण्डनदेउपुरमा ३६ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै चौँरीदेउराली गाउँपालिकामा ३८, भुम्लुमा ३४, रोशीमा २३, बेथानचोकमा ११, महाभारतमा १४ र तेमालमा १० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

संक्रमित मध्ये ८६ जना विभिन्न अस्पतालमा तथा १३६७ जना ओम अईसोलेसंमा रही उपचार गराईरहेका छन्।

प्रतिक्रिया दिनुहोस