नियन्त्रीत औषधीसहित पनौतीको उद्धव फार्मेसीका सञ्चालक सापकोटा पक्राउ

नौलो समाचार संवाददाता
२०७८ माघ १०, सोमबार मा प्रकाशित २२४३ पटक पढिएको
नियन्त्रीत औषधीसहित पनौतीको उद्धव फार्मेसीका सञ्चालक सापकोटा पक्राउ

माघ १०, काभ्रे। पनौती नगरपालिका वडा नं २ मा सञ्चालनमा रहेको उद्धव फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। डाक्टरको आधिकारीक सिफारिस बिना मानिसको स्वास्थ्यमा समेत प्रतिकुल असर हुने खालको नियन्त्रीत औषधी कारोवार गरीरहेको आरोपमा सञ्चालक उद्धव सापकोटालाई प्रहरीले पक्राउ गरेको हो।

नियन्त्रीत औषधी सहित फार्मेसीका सञ्चालक पनौती-१ स्थित पर्खालचौरका सापकोटालाई नियन्त्रीत औषधी सहित माघ ९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

कार्यालयका अनुसार डाक्टरको आधिकारीक सिफारिस बिना खुलेआम दुर्व्यसनमा रहेका विभिन्न युवा जमातलाई फार्मेसी संचालकले आफ्नो व्यवसायिक कार्य विपरित आम मानिसको स्वास्थ्यमा समेत प्रतिकुल असर हुने खालको नियन्त्रीत औषधी कारोवार गरीरहेको छ भन्ने विशेष सूचनाको आधारमा सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त औषधी पसलबाट लागु औषध सेवन कर्ताहरुले नसालु पदार्थको रुपमा सेवन गर्दै आएको डाक्टरको सिफारिस र बिल भरपाई कागज बेगर बिक्री वितरण गरी रहेको अवस्थामा फेला पारी नियन्त्रीत औषधीलाई थप अनुसन्धानको लागि आज औषधी व्यवस्था विभाग बिजुली बजार काठमाडौं पठाईएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।

बरामद भएको नियन्त्रीत औषधीहरुको विवरण :

१. Pregabalin Capsules IP GBIX-75 लेखिएको सिल खोलिएको २ बट्टामा २० पत्ता ३ चक्की (२०३ ट्याब्लेट), सिल नखोलिएको ७ बट्टामा ७० पत्ता (७०० ट्याब्लेट) गरी जम्मा ९०३ ट्याब्लेट ।

२. ANTIKOF Tablet सिल गरिएको ४ बट्टामा ५० पत्ताको दरले जम्मा २०० पत्ता (२००० ट्याब्लेट), सिल खोलिएको २ बट्टामा १०८ पत्ता ९ ट्याब्लेट (१०८९ ट्याब्लेट) समेत गरी जम्मा ३०८९ ट्याब्लेट ।

३. Dicyclomine Tablets BP SPASMO ANTISPASMODIC लेखिएको सिल नखोलिएको १ बट्टमा ५० पत्ता (५०० ट्याब्लेट), सिल खोलिएको २ बट्टामा ६९ पत्तामा ६९० ट्याब्लेट गरी जम्मा ११९० ट्याब्लेट ।

४. Dicyclomine hydrochloride tablets IP DECOLIC लेखिएको सिल नखोलिएको ४ बट्टामा ८० पत्ता (८०० ट्याब्लेट) सिल खोलिएको २ बट्टामा ४१ पत्ता १ चक्की (४११ ट्याब्लेट) गरी जम्मा १२११ ट्याब्लेट ।

५. Pregabalin capsules IP GABAWELL-150 लेखिएको सिल खोलिएको २ बट्टामा २० पत्ता गरी जम्मा २०० ट्याब्लेट ।

६. Promethazine hydrochloride tablets BP VOMINE-25 लेखिएको सिल खोलिएको १ बट्टामा २४ पत्तामा जम्मा २४० ट्याब्लेट ।

७. Pregabalin & methylcobalamin Capsules IP SAGALIN-M 1500 लेखिएको सिल खोलिएको १ बट्टामा १० पत्तामा जम्मा १०० ट्याब्लेट ।

८. KOFTAB लेखिएको सिल खोलिएको १ बट्टामा २० पत्ता ५ चक्की गरी जम्मा २०५ ट्याब्लेट ।


प्रतिक्रिया दिनुहोस